तुलसीपुर,२ मंसिर । सितलपुर घाटको सरसफाई गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको नवज्योति टोल विकास संस्थाको सक्रियतामा सितलपुर घाटको सरसफाई गरिएको हो ।
टोलका अध्यक्ष पदम पोखरेल ‘जेठु कान्छु’ को नेतृत्वमा गएको टोलीले सितलपुर घाटको भएको फोहोरजन्य वस्तुको व्यवस्थापन गरिएको हो । सरसफाई कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो ।
मृत्युपश्चात दाहसंस्कार गर्दा फालिएका फोहोर बढ्दै गएपछि फोहोरको उचित व्यवस्थापन गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलले घाट परिसरमा गरिएको फोहोरको उचित व्यवस्थापन गर्नेप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार