२०८१ चैत्र ७ गते बिहिवार

नेपालकै होची महिला ईश्वरी मायाको निधन

दाङ, २ मंसिर । नेपालकी होची महिला भनेर दावी गरिएकी लमही निवासी ईश्वरी माया छिनालको निधन भएको छ । उहाँको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

निमोनियालगायत रोगबाट ग्रसित छिनालको ३१ बर्षको उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहीवार निधन भएको हो ।

रुकुम जिल्लामा जन्मिएकी छिनाल ०५५ सालदेखि लमही नगरपालिका-६ घोँडेबासमा बस्दै आउनुभएको थियो । उपचार गर्न आर्थिक अभाव भएको भन्दै परिवारका सदस्यले सहयोग गर्ने अपिल गर्दै आएका थिए ।

चार भाइबहिनीमध्ये उहाँ जेठो हो । दुई छोरा र दुई छोरीमध्ये अन्य सबै औसत उचाइका छन् । उहाको ३० इञ्च उचाइ र साढे आठ किलो तौल थियो । छिनाललाई नेपालकी होची महिला भनेर चिन्ने गरिएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार
प्रतिक्रिया दिनुहोस