२०८१ जेष्ठ ५ गते शनिवार

तिहारको शुभकामना

दियोमा बत्ती बाली घरै भयो उज्यालो
फेरी आयो तिहार मनै भयो उज्यालो

झिलिमिली झिलिमिली बत्तीको पर्ब
सबै मिली मनाउ हामी तिहार सगर्व

सुख शान्ती खुशी छाओस मनमा
नेपालीलाई तिहारको शुभकामना।।

साथी भाइ मिलेर खेलौ देउसी भैलो
बर्ष दिनमा हटाउ सबै मनको मैलो

सप्तरङी टिका लगाइ मनाउने पर्ब
सबै मिली मनाउ हामी तिहार सगर्व

सुख शान्ती खुशी छाओस जिबनमा
नेपालीलाई तिहारको शुभकामना।।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस