
दाङ, २६ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको श्रीगणेश सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा बामदेव भण्डारी निर्वाचित हुनुभएको छ ।
उहाँले प्रतिष्पर्धि यमलाल पराजुलीलाई १ मतले पछि पारेर निर्वाचित हुनुभएको हो । शनिबार राती अवेर सकिएको मतगणनामा भण्डारीले १९५ मत ल्याएर निर्वाचित हुनुभएको छ भने पराजुलीले १९४ मत ल्याउनुभएको हो ।
निर्वाचित भण्डारीको प्यानललाई राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा माओवादी र विप्लबको साथ रहेको थियो भने पराजुलीको प्यानललाई नेपाली काङ्ग्रेस र नेकपा एमालेले साथ दिएको थियो ।
यस्तै उपाध्यक्ष पदमा बिजय सुवेदी प्रतिष्पर्धि कुल प्रसाद कालाथोकीलाई ३ मतले पछि पारेर निर्वाचित हुनुभएको छ । निर्वाचित सुवेदीले १८६ मत ल्याउनुभएको छ भने पराजित कालाथोकीले १८३ मत ल्याउनुभएको छ ।
यस्तै सचिवमा माया रिजाल २२० मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका प्रतिष्पर्धिले दुर्गा शर्मा वलीले १३३ मत ल्याउनुभएको निर्वाचन संयोजक लोकमणी पोखरेलले जानकारी दिनुभयो ।
निर्वाचित भण्डारीको प्यानलबाट अध्यक्षसहित उपाध्यक्ष निर्वाचित हुनुभएको छ भने पराजुलीको प्यानलबाट सचिवसहित अन्त्य सदस्य निर्वाचित हुनुभएको हो ।
यस्तै सदस्यमा लोक प्रसाद भण्डारीले २५२, तिलकराम भण्डारी २४० , मोहन वलीले २३१, शर्मिला नेपालीले २२५ , हरिकला कठायतले २१६, जाल्पादेवी दमाईले १९९, कमला भट्टराई १९२ र बसन्ता पुनले १८० मत ल्याएर निर्वाचित हुनुभएको छ ।
बन समुहको सहसचिव गिरीराज भण्डारी र कोषाध्यक्षमा डण्डपानी मल्ला भने यसअघि नै निर्विरोध भइसक्नुभएको छ ।