२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुरबाट पाँच जना जुवाडे पक्राउ

तुलसीपुर, २३ कार्तिक । जुवा खेलिरहेको अवस्थामा प्रहरीले तुलसीपुरबाट पाँच जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को बसपार्कमा जुवा खेली रहेको अवस्थामा ७४ हजार रकमसहित पाँच जना पक्राउ परेका हुन् ।

५१ वर्षीय तोभान केसीको घरमा छापा मारेर प्रहरीले ७४ हजार ८ सय ८० रुपैयाँसहित तुलसीपुर ५ का ४४ वर्षीय दिलिपप्रसाद कलवार, ४३ वर्षीय राजु कुरेसी, ३२ वर्षीय बब्लु कुरेसी र भारतको शिद्धनगर इतवार घर भएका २० वर्षीय साहरुक खान लाई पक्राउ गरिएको हो ।

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको होे ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस