२०८३ असोज २७ गते मङ्गलवार

चामलमा प्लाष्टिकजन्य वस्तुको मिसावट छैन् : खाद्य निरिक्षक राजेश चौधरी

दाङ, २३ कार्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङले चामलमा अखाद्यवस्तु प्लाष्टिकजन्य मिसावट नभएको स्पष्ट पारेको छ ।

असोज ३० गते जिल्ला प्रशासन कार्यालय दाङमा चामलमा प्लाष्टिक मिसावट भएको भन्ने गुनासो आएपछि चामलको नमुना परिक्षण गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाँकेको प्रयोगशालामा गरिएको परिक्षणमा चामलमा कुनै प्रकारको प्लाष्टिकजन्य अखाद्यवस्तु मिसावट नभेटीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरीले जानकारी दिनुभयो ।

बाँसगढी बर्दियाको चामलमा प्लाष्टिक मिसिएको गुनासो आएको हो । तर चामलको नमुना परिक्षण गर्दा त्यस्तो नभेटिएको उहाँले बताउनुभयो । चामल खानयोग्य नै रहेको पनि उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस