२०८१ जेष्ठ ५ गते शनिवार

गणपतिका संचालकले पाए, बिमावाफतको ८० लाख

दाङ, १७, कार्तिक । आगलागीबाट क्षति पुगेको गणपति तेल मिलका संचालकलाई बिमा दावि भुक्तानी गरिएको छ । एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार मिलका संचालक डिल्ली बहादुर बस्नेतलाई बिमा वाफतको ८० लाख भुक्तानी गरेको हो ।

मिलका संचालक बस्नेतलाई एनएलजि इन्स्योरेन्स कम्पनीका कर्पोरेट मार्केटिङ प्रमुख बुद्ध प्रकाश सिंहले बिमा वाफतको ८० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रमुख सिंहले मिलको बिमा भएकै कारण केहि भएपनि लगानी सुरक्षित भएको बताउनुभयो । मिलमा आग्लागी भएको दुई महिनामै बिमा दावि भुक्तानी गरिएको सिंहले बताउनुभयो । तुलसीपुर-६ स्थित गणपति तेल मिलमा गत भदौ १६ गते राती विद्युत सर्ट भएर आगलागी भएको थियो ।

हस्तान्तरण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्क तुलसीपुर शाखा प्रबन्धक बिनोद पाण्डेको पनि उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजिकरण एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख सुरेस बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस