२०८१ जेष्ठ ९ गते बुधवार

तुलसीपुरमा प्रथम नवयुथ कप पुरुष भलिबल प्रतियोगिता हुने

दाङ, ११ कार्तिक । दाङको तुलसीपुरमा प्रथम नवयुथ कप पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ ।

तुलसिपुर उपमहानगरपालिका वडा न १ को आयोजना तथा नवयुथ क्लब तुलसीपुर १ को समन्वयमा संचालन हुने प्रतियोगिता यहि कार्तिक १७ गते देखि सुरु हुनेछ ।

तुलसिपुर १ छोटे शिव मन्दिर खेल मैदानमा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा तुलसीपुर नगर भित्रका १९ वडाका टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ४० हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २० हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी लाई नगद १ हजार र ट्रफि , वेष्ट स्पाईकर,वेष्ट सर्भर,वेष्ट ब्लकर लाई नगद ५ सयका साथमा ट्रफी प्रदान गरिने नवयुथ क्लबका अध्यक्ष बालकृष्ण धितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस