२०८१ माघ ६ गते आइतवार

सल्यानमा युवक हत्या आरोपमा दुई जना पक्राउ


दाङ, १० कातिक । सल्यानमा एक युवकको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले बाग्चौर नगरपालिका ७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई पक्राउ गरेको हो ।

मरणासन्न हुनेगरी कुटपिट गरी फरार रहेका केशर ओलीलाई बाग्चौर नगरपालिका ९ मौरीघारे परिलेक र सन्तोष ओलीलाई दाङको तुलसीपुर उपमहानगरपालिका १२ रझेनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो ।

दुवै जनाले ढोग नगरेको भन्दै घनश्याममाथि आक्रमण गरेका थिए । प्रक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस