
सल्यान, ८ कार्तिक । सल्यानका किसानले ४ महिनामा २४ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बेचेका छन् ।
असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४०७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ ।
४ महिनामा ४० लाख ६९ हजार ४४३ किलो ताजा तरकारी, ८५ हजार ६३९ किलो अदुवा र ७४ हजार ९६ किलो फलफूल निकासी भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो ।
सल्यानमा उत्पादन भएको बेमौसमी तरकारी विशेष गरी, दाङ, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र काठमाडौँसम्म जाने गरेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार