दैलेख, ५ कात्तिक । दैलेखमा मासु घाँटीमा अड्कीदा एक जनाको मृत्यु भएको छ ।
घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो ।
मृतक विकका तीन छोरा र एक छोरी छन् ।
प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार