२०८२ बैशाख १० गते बुधवार

खाद्यले तीन सय बढी खसीबोका पठायो काठ्माण्डौ

दाङ, ३० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले दशैंका लागि खरिद गरेका ३ सय बढि खसीबोका काठमाडौं पठाएको हो । कम्पनीले आइतबारदेखि खसिबोका खरिद गरि रहेकोे छ ।

खाद्यले दुई दिनमा ३ सय ६८ खसीबोका काठमाडौं पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले बताउनुभयो ।

आज र भोलि पनि खरिद गरिने प्रमुख सुनारले बताउनुभयो । कार्यालयले यसवर्ष दाङबाट सात सय खसीबोका खरिद गरेर काठमाडौ पठाउने छ । प्रमुख सुनारका अनुसार जिउँदो खसीको मूल्य २५ केजीभन्दा माथिका प्रतिकिलो ५ सय ६२ रुपैयाँ तोकिएको छ ।

यस्तै २० देखि २५ केजीसम्मको खसी प्रतिकिलो ५ सय ४५ रुपैयाँ र १८ केजी भन्दामाथिको बोका प्रतिकेजी ५ सय ४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । व्यापार कम्पनीले पहिलो चरणमा हिजोदेखि खरिद गर्न सुरु खसीबोका आउदो कार्तिक २ गतेसम्म गर्ने छ ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस