२०८१ असार ९ गते आइतवार

रानीबास खोलामा कल्भर्ड निर्माणको काम शुरु

रोल्पा, २९ असोज । रोल्पाको होलेरी र दाङको बिजौरी जोड्ने सडकखण्ड अन्तर्गत पर्ने रानीबास खोलामा कलभर्ड निर्माणको काम शुरु भएको छ । दशैँ तिहारजस्ता चाडपर्व नजिकिएपछि रोल्पाको रुण्टीगढी गाउँपालिकाले खोलामा कल्भर्ड निर्माणको थालनी गरेको हो ।

कल्भर्ड निर्माणको काम छिटै सकिने गाउँपालिका अध्यक्ष जनक पुनले बताउनुभयो । रुन्टीगढी वडा नम्बर ८ र ६ मा पर्ने रानीबासमा तत्कालका लागि कल्भर्ड निर्माण गरी यात्रामा सहजता बनाउने उहाँको भनाई छ ।

खोलामा पुल वा बेलीब्रिज निर्माणका लागि आवश्यक पहल भइरहेको अध्यक्ष पुनले बताउनुभयो । खोलामा स्थायीरुपमा पुल निर्माण नहुँदासम्म वर्षायामम यात्रामा सास्ती हुने स्थानीय नागरिकको गुनासो छ ।

रानीबास खोलामा वर्षाका कारणले अबरुद्ध बाटोलाई सुचारु गराउनका लागि रुन्टीगढी गाउँपालिकाले डोजर लगाएर काम शुरु गरेको हो । दशैँ अघि नै बाटोमा यात्राका लागि सहज गराउने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस