२०८० फाल्गुन २२ गते मङ्गलवार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

दाङ, २८ असोज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले आज राती बजेपछि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैँया र डिजेलमा प्रतिलिटर ५ रुपैँया घटेको छ ।

निगमले विज्ञप्ती निकालेर स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको जनाएको छ । नयाँ मूल्य सुचि अनुसार दाङमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैँया पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६७ रुपैँया पर्ने छ ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस