देउखुरी, २५ असोज । राज्य संचालन गर्ने राज नेता राज्यको ढुकुटी सकेर विदेश उपचार गराउन जाने गरेका छन् । तर आम नागरिक रकम अभावमै उपचार गर्न नपाएर घरमै छट्पटाउँदै सहयोगको अपिल माग्नुपर्ने अवस्था छ ।
अर्थात भुई मान्छेलाई अहिले पनि राज्य छ भन्ने अनुभूती हुन सकेको छैन् । आर्थिक अभावका कारण रोग पालेर बस्नुपर्ने बाध्यतामा धेरै नागरिक छन् ।
तिनै मध्येका एक पात्र हुन करमलाल चौधरी । उनको दुवै मृगौलाले काम गर्दैन । दाङको लमही नगरपालिका वडा नम्बर ९ तेलिया देउखुरीका चौधरीको दुबै मृगौलाले काम गर्न छाडेपछि घरमै थलिएर बसेका छन् ।
३५ वर्षीय चौधरी गत बैशाख देखि आर्थिक अभावमा उपचार असम्भव हुँदा घरमै थलिएर बस्न विवश छन् । ग्रामीण मजदुरको रूपमा दैनिकी गुजारा गर्दै आएको चौधरी परिवारमा बिहान- बेलुका हातमुख जोर्न समेत कठिन भएको छ ।
उनलाई उपचारका लागि लाखौँ रकम जुटाउनु सजिलो छैन् । सम्पत्तिको नाममा तेलिया गाउँको दुई कट्टा पाखो जमिन मात्रै छ । आयस्रोतको आधार दैनिक ज्याला मजदुरी नै हो ।
तर पछिल्लो समय करमलाल स्वयमको नै दुव मृगौलाले काम गर्न छोडेपछि परिवार थप समस्यामा परेको छ । परिवारलाई एकातिर करमलालको उपचार गर्ने रकमको अभाव छ, अर्कोतिर दैनिक छाक टार्न ।
‘श्रीमानको दुवै मृगौलाले काम गर्दैन, यसको उपचार गर्ने त पैसा छैन्, उहाँ बिरामी भएपछि हामीलाई दैनिक छाक टान पनि मूस्कील पनि भएको छ ।’ करमलालीकी श्रीमती कौशीलाले भनिन्-‘पैसा नभएकै कारण उपचार गराउन सकिएकै छैन्, अब पैसा अभावकै कारण उपचार नपाउने अवस्था बनेको छ ।’
ऋणसापटी गरि नेपालगंज ,बुटवल र भारतको लखनउ लगायतका अस्पतालमा पुर्याइ सम्पुणर् परिक्षण परामर्श गर्दा दुईवटा मृगौलाले पुणर्रूपमा काम नगरेको चिकित्सकको बताएपछि निकै समस्यामा परेको उनले बताईन् । ‘बिरामीको मृगौला प्रत्यारोपणको विकल्प छैन् भन्नुुहुन्छ डाक्टहरु, त्यो पनि जतिसक्दो छिटोभन्दा गर्नुपर्ने छ ।’ उनले भनिन्-‘मृगौला प्रत्यारोपन गर्नलाई ठुलो पैसा चाहिने रहेछ, त्यति रकम हामीसंग छैन्, पैसा नभएको कारणले उपचार गराउन सकिएको छैन् ।’
दुई वर्ष कि दुधे बालक सहितको तीन छोरी कि आमा ३२ वर्षिया चौधरीलाई घरकै खर्च जुटाउन हम्मे हम्मे छ । उनले श्रीमानको उपचारका लागि सहयोग गरिदिन अपिल गरेकी छन् । ‘तपाईंको महान मानवीय सहयोगले मेरो श्रीमानले नयाँ जीवन पाउनु हुनेछ कुनै समयमा उच्च मानवीय सेवा वाफतको ऋण फिर्ता गर्ने प्रयास गर्नेछु ।’ उनले भनिन्-‘श्रीमानको उपचार गराउन सबैसंग सहयोगका लागि अपिल गर्दछु ।’
नाबालक छोरीहरु पनि बावाको उपचारका लागि सबैसंग अपिल गरेका छन् । उनीहरु भन्छन् ‘ बाबा चुम्मर लाग जाइ चिन्ता जिन करहो ।’
श्रीमानको उपचारका लागि राज्यले कुनै पनि सहयोग नगरेको उनको गुनासो छ । ‘सरकारबाट मैले अहिलेसम्म केहि सहयोग पाउन सकिरहेको छैन् ।’ उनले भनिन्-‘नेताहरु बिदेश गएर उपचार गर्छन्, हामी जनता पैसा नभएर घरमै रोग पालेर बस्नुपर्ने अवस्था छ ।’ उनले हालसम्म लमही नगरपालिका वडा नम्बर ९ बाट पीडितलाई आर्थिक सहयोग गरिदिने सिफारिस पत्र बाहेक अन्य कहिँकतै सरकारी तथा गैरसरकारी संघसंस्थाबाट आर्थिक सहयोग पाउन सकेकी छैनन् ।
‘शुभचिन्तक आफन्त छरछिमेक बाट संकलित रकम हुँदासम्म उपचार गरियो, पैसा छैन, मर्ने त होला आँसु झार्दै बिरामी करमलालले भने-‘सरकारले केहि पनि सहयोग गरेको छैन् ।’
श्रीमानको प्रतिदिन स्वास्थ अवस्था बिग्रिदै गएको श्रीमती कौशिलले गहभरि आँसु झार्दै भनिन् -‘खाउँ -लाउँ सन्तानको शिक्षा दिक्षा स्वास्थ व्यवस्थापन गर्ने यो उमेरमा यस्तो अवस्थामा हुनुहुन्छ ,दानी सहयोगी भगवान स्वरुप सम्पुणर् संग विन्ती छ मेरो श्रीमानको जीवन रक्षा गर्दिनुहोस् ।’ उनले भनिन्-‘कोहि नहुनेको भगवान हुन्छ भन्छन्, मेरो श्रीमानलाई बचाउने कोहि पक्कै हुनुहुन्छ ।’ श्रीमानको उपचारका करिब १५ देखि २० लाख आवश्यक पर्ने उनले बताईन् ।