
सल्यान, २० असोज । सल्यानमा बस दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं ६ का सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका-६ का अनिता बोहरा रहेको सल्यान प्रहरीले जनाएको छ ।
दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका -३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले बताउनुभयो । उहाँका अनुसार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको र उनिहरुको परिचय खुलेको छैन् । आफुहरु अहिले घाइतेहरुको उद्धार गरिहरकोले विवरण केहि समय पछि आउने उहाँको भनाई छ ।
घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्धार गररिहेको छ । बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केहि शकुसल रहेको यात्रु तोभान खड्काले बताउनुभयो ।