२०८१ असोज ४ गते शुक्रवार

यात्रा सुरक्षित गराउन चालकलाई फूलमाला

तुलसीपुर, २० असोज । सडक यात्रा सुरक्षित गराउन तुलसीपुरमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । ट्राफिक सप्ताह कार्यक्रम अन्तगर्त चालकलाई सचेतना पर्चा ,पम्पलेट, स्टिकर टाँस लगायतका कार्यक्रम गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकास मल्लले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना अभियान संचालन भइरहेको बताउनुभयो । उहाँले दुर्घटना भवितव्य भएपनि कतिपय अवस्थामा मानविय त्रुटीकै कारण दुर्घटना हुने गरेको बताउनुभयो । उहाँल बसको क्षमता भन्दा बढी भएमा यात्रा नगर्न आग्रह गर्नुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेशका उपाध्यक्ष केशव बहादुर भण्डारीले अनुशासनमा गाडी चलाउन सकेपछि यात्रा सुरक्षित हुने बताउनुभयो । अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले सुरक्षित गाडी चलाउन चालकलाई आग्रह गर्नुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, अम्बिकेश्वरी यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत, रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष पवन योगी लगायतले चाडपर्वको समयमा बढी सवारी दुर्घटना हुने भएकोले सुरक्षित यात्राका लागि चालक सचेत बन्नुपर्ने बताउनुभयो ।

गएको बुधबारदेखि संचालन भएको अभियान असोज २३ गतेसम्म संचालन हुने भएको छ । त्यस अवसरमा चालकलाई फूलमाला लगाएर प्रशिक्षण पनि गरिएको हो ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस