दाङ, १९ असोज । दाङमा उत्पादन गरिएको करिब सवा अरब बराबरको ताजा तरकारी, फलफूल, मह, धान, मकै तथा तरकारीको बिउ जिल्ला बाहिर निकासी भएको छ ।
आर्थिक वर्ष २०७९-०८० मा दाङबाट एक अर्ब ११ करोड ५६ लाख ९८ हजारको ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बिउ जिल्ला बाहिर निकासी भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
तरकारी खेतीमा पाँच सय ७५ जना व्यावसायिक कृषकले उत्पादन गरेको ताजा तरकारी २०७९ साउनदेखि २०८० असार मसान्तसम्म ९० करोड ८८ लाख ५० हजार बराबरको ३० हजार दुई सय ९५ मेट्रिक टन जिल्ला बाहिर गएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछानले जानकारी दिनुभयो ।
उहाका अनुसार, जिल्लामा उत्पादन भएको तरकारी बुटबल, महेन्द्रनगर सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौलगायतका ठाउंमा तरकारी निकासी हुने गरेको छ । राप्ती पोष्ट राष्ट्रिय दैनिकमा छवि पुरीले खबर लेख्नुभएको छ ।