२०८० फाल्गुन २१ गते सोमवार

बाँकेको नेपालगञ्जमा फेरि कर्फ्यु

बाँके, १९ असोज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा फेरि कर्फ्यु आदेश जारी गरेको छ । गत मंगलबारबाट लगाइएको कर्फ्यु हिजो बिहिबार आंशिक रुपमा खुकुलो बनाइएको थियो ।

तर सामाजिक सञ्जालमा मुस्लिम समुदायमाथि लक्षित गरेर लेखिएको स्टाटसप्रति पुन बिवाद भएपछि स्थानीय प्रशाशनले फेरि कर्फ्यु आदेश जारी गरेको हो । गत आइतबारयता नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक पनि गरेको थियो ।

शुक्रबार बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म आदेश जारी गरेको छ । कुनै ब्यक्तिले सामाजिक सञ्जालमा मुस्लिम समुदायप्रति लक्षित गरेर स्टाटस लेखेको विषयलाई लिएर नेपालगञ्जमा तनाव उत्पन्न भएको हो ॥

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस