२०८१ जेष्ठ ९ गते बुधवार

डेङ्गु सङ्क्रमणबाट रोल्पाका एक जनाको मृत्यु

दाङ । दाङमा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
संक्रमणबाट रोल्पा माडी गाउँपालिका-२ घर्ती गाउँका ५१ यज्ञबहदुर डागीको मृत्यु भएको हो ।

स्वास्थमा समस्या देखिएपछी आइतबार दाङको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा भर्ना भएका डागीलाई डेङ्गु सङ्क्रमण देखिएको थियो ।

उहाँको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस