२०८२ जेष्ठ ८ गते बिहिवार

सल्यानमा घाँस काट्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्युु

सल्यान, ९ असोज । सल्यानमा घाँस काट्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो ।

बिहान साढे ६ बजे घरदेखि केही भाग तल घाँस काट्न गएका कामीको भिरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसी घटनास्थलमै मृत्यु भएको हो ।

अहिले घटनास्थलमा प्रहरी चौकी बालुवासंग्रही र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस