२०८० फाल्गुन २१ गते सोमवार

दाङमा स्तन क्यान्सरको सफल अपे्रशन

दाङ, ८ असोज । दाङको तुलसीपुरमा स्तन क्यान्सरको सफल अपे्रशन भएको छ । तुलसीपुर स्थित नागरिक केयर अस्पतालमा स्तन क्यान्सरको सफल अप्रेशन भएको हो ।

अस्पतालका सञ्चालक दया ज्ञवालीले दाङमै पहिलो पटक तुलसीपुरमा स्तन क्यान्सरको सफल अप्रेशन भएको बताउनुभयो । वरिष्ठ स्तन क्यान्सर रोग बिशेषज्ञ डा. सञ्जय पाण्डेको टोलीले अप्रेशन सफल पारेको हो ।

भदौ २३ गते अप्रेशन भएको हो । डा. पाण्डे अब प्रत्येक महिनाको शनिबार नागरिक केयर हस्पिटलमा आउने अस्पतालले जनाएको छ । उहाँ लामो समय चितवन क्यान्सर अस्पतालमा कार्यरत रहनुभएको थियो ।

अस्पताल सञ्चालक ज्ञवालीका अनुसार अब स्तन क्यान्सरकालागि चितवन जानु पर्दैन । तुलसीपुरमै सफल अप्रेशन हुने उनको भनाई छ । यसअघि चितवन जानु पर्ने अबस्था थियो ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस