दाङ, ७ असोज । घोराही उपमहानगरपालिकाले आइतबार राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । दैलेखबाट दशै खर्च माग गर्न आएका राउटे समुदायका अगुवालाई घोराही उपमहानगरपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।
नगर प्रमुख नरुलाल चौधरीले राउटेहरु लालबहादुर शाही, बिर्खे शाही र जीवन शाहीलाई १५ हजार रुपैयाँ नगद दशै खर्च उपलब्ध गराउनुभएको हो ।
राउटे युवाहरुले नगर प्रमुखसँगै उपप्रमुख हुमाकुमारी डिसीलाई समेत भेट गरेका छन् ।
नगद दशैँ खर्च पाएपछि उनीहरु खुशी भएका छन् ।
प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार