घोराही, ७ असोज । शिक्षकहरुको आन्दोलनको कारण ठप्प बनेको सामुदायिक विद्यालयको पठन पाठन दाङसहीत देशभर आजदेखी सुरु भएको छ । विद्यालयमा पठनपाठन सुरु भएपछि विद्यार्थिहरु खुशी देखीएका छन् ।
शिक्षकहरु विद्यालय बन्द गरेर अनिश्चतकालिन बन्दमा उत्रेपछि लाखौ विद्यार्थीहरुको पठन पाठन अवरुद्ध भएको थियो । यसैक्रममा दाङको घोराही-७ सौडियार स्थित मावि सौडियार माध्यमिक विद्यालयमा शिक्षक आन्दोलनका क्रममा असोज ४ र ५ गते विद्यालय बन्द रहेकाले सो दुई दिन विद्यालयको हाजिरी पुस्तिमा हाजिर गर्नवाट विद्यालय व्यवस्थापन समितिले रोक लगाएको छ ।
शिक्षकको आन्दोलनका कारण विद्यालयमा पठनपाठनका गतिविधि नभएका कारण त्यस दिनको विद्यालयमा हाजिरी नगर्न विब्यसकोतर्फवाट रोक लगाईएको विब्यस सदस्य जिउधन चौधरीले बताउनुभयो ।
चौधरीले बिहानपख सञ्चालन हुने प्लस टु तर्फ पढाउने शिक्षकहरुलाई शिक्षक आन्दोलनकाक्रममा विद्यालय बन्द भएको दिन हाजिरी नगर्न विब्यस अध्यक्ष निशानदाजु भट्टराइको नेतृत्वको टोलिले विद्यालय पुगेर शिक्षकहरुलाई आग्रह गरेको थियो ।
विब्यसको अनुरोध वमोजिम प्लस टु तर्फका कुनै पनि शिक्षकहरुले आन्दोलन भएको दिन हाजिरी नगरेको विब्यस चौधरीले बताउनुभयो ।
चौधरीले बिहान १० बजेदेखी सुरु हुने प्ले गु्रपदेखी कक्षा १० सम्म अग्रेजि माध्यम र नेपाली माध्यममा पढाउने प्रधानाध्यापकसहीत २८ जना शिक्षकहरुलाई आन्दोलनका दिनको समयमा विब्यसकोतर्फवाट रातो लगाएर हाजिरी गर्नवाट रोक लगाईएको बताउनुभयो ।
विब्यस अध्यक्ष भट्टराइले शिक्षकहरुको आन्दोलनमा समर्थन भएपनि विद्यालय नै वन्द गर्ने कुरामा सुरुदेखी आफुहरुको असहमति रहेकाले शिक्षक आन्दोलनकैक्रममा असोजको ५ गते शुक्रवारका दिन प्ले गु्रपदेखी कक्षा ५ सम्म अग्रेजि माध्यममा सकारात्मक शन्देश दिन पढाई सुरुसमेत गरिएको बताउनुभयो ।
उहाँले आन्दोलनका वेला हाजिरी गर्न रोक लगाएकोबारे विब्यसले घोराही उपमहानगर शिक्षा महाशाखालाई पनि जानकारी दिइएको बताउनुभयो ।