२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुरमा दिन दहाडै खुकुरी प्रहार गरी एक महिलाको हत्या

दाङ, ६ असोज । तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । शनिबार दिउसो साढे २ बजेतिर तुलसीपुर-११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछानेलाई खुकुरी प्रहार गरी हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार घरमा रहेको खुकुरीले रिताकै घर अगाडि घाटीमा प्रहार गरि हत्या गरेका थिए ।

उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमालमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट बिर बहादुरको दाहिने हातमा चोट लागेको छ । दुबै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अबस्था मध्यम रहेको छ ।

खुकुरी प्रहार गर्ने टेक बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको छ । घरभित्र लुकिछिपि बसेको अबस्थामा उनलाई खुकुरी सहित नियन्त्रणमा लिईएको हो । यस बिषयमा अनुसन्धान भईरहेका छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस