२०८१ जेष्ठ ९ गते बुधवार

घरबाटै हराए ससुरा बुहारी

रोल्पा, ६ असोज । रोल्पामा एकै घरका दुई व्यक्ति सम्पर्कबिहिन भएका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर ५ नेर्पा जुँगारका ५५ वर्षिय शुकबिर गुरुङ र ३५ वर्षिय माया नेपाली सम्पर्कबिहिन भएका हुन् ।

ससुरा र बुहारी नाता पर्ने दुवै जना गत भदौ १९ गते बेलुका घरबाटै सम्पर्क बिहिन भएको परिवारले जनाएको छ । मायाका श्रीमान रोजगारीको शिलशिलामा काठ्माण्डौमा छन् ।

घरबाटै श्रीमान र बुहारी सम्पर्कबिहिन भएपछि खोजिका लागि पहल गरिदिन श्रीमती राम कुमारी नेपालीले सबैमा आग्रह गर्नुभएको छ । उहाँले श्रीमान शुकबिरलाई घर परिवारको सम्पर्क आउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस