२०८१ असोज ४ गते शुक्रवार

पाँच बुदे सहमतिपछि खुल्यो नेसंविमा ताला

दाङ, ४ असोज । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला खुलेको छ ।

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले दुवै कार्यालयमा लगाएको ताला करिब महिना दिनपछि खुलेको हो । क्रान्तिकारी विद्यार्थी संगठनले पाँच बुदे सहमती गरेर ताला खोलेको हो ।

बिहिबार भएको सहमतिमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याएका विषयहरु कार्यान्वयन गरिने, सेवा आयोगका आगामी विज्ञापनहरुमा आवेदन फारमहरुमा अनलाइन भर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय अतिसंवेदनशिल शाखा विभागमा कार्यरत प्राध्यापक र कर्मचारीको आवश्यकता र औचित्यको आधारमा न्यायोचितरुपमा व्यवस्थापन गर्ने, सेवा आयोगले लिने कर्मचारी पदका विज्ञापन संवद्ध परिक्षाहरु केन्द्रिय कार्यालय दाङमै संचालन गर्ने व्यवस्था मिलाउने सहमति भएको उल्लेख गरिएको छ ।

विद्यार्थी संगठनको तर्फबाट अखिल क्रान्तिकारीका विष्णु चौधरी, गणेश पौडेल र बिन्दु खड्का तथा वाताटोलिका संयोजक डा.जर्मन चौधरी, सदस्य किशोर चन्द्र गौतम र कपिलदेव सुवेदीले पाँच बुदे सहमतीमा संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

नेसंवमा बिभिन्न निहुँमा विद्यार्थीहरुले तालाबन्दी गर्दा कामकारबाही प्रभावित हुने गरेका छन् । तर बिहिबार पाँच बुदे सहमतीपछि ताला खोलिएको हो ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस