२०८१ जेष्ठ ५ गते शनिवार

भिरबाट लडेकी रबिनाको मृत्यु

रोल्पा, ३ असोज । रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

परिवर्तन गाँउपालिका वडा नम्बर ३ केवरीका २८ वर्षिय रबिना डाँगीको भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार बिहानै घर नजिकै परिवर्तन गाँउपालिका वडा नम्बर ६ को लुपाभिर चिल बस्ने भिरमा श्रीमान सँग घास काट्न गएकी डाँगीको बिहान करिब पौने १० बजेको समयमा घाँस काट्ने क्रममा लडेर करिब ५ सय मिटर तल पुगेर गम्भिर घाइते हुनुभएको थियो ।

स्थानीयको सहयोगमा उद्धार गरेर उपचारको लागि रोल्पा अस्पताल रेउघा लैजाने क्रममा बोटोमै मृत्यु भएको हो ।

अहिले उहाँको सबलाई पोष्र्टमाटमको लागी रोल्पा अस्पताल रेउघामा राखिएको प्रहरीले जनाएको छ । मृतक डाँगीको १० महिनाको छोरा भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस