
बाँके, ३१ भदौ ।
बाँकेमा पूर्व-पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिका-९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो ।
द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिएको उहाँले बताउनुभयो । बमबाट सडकबाहेक अरु क्षति भएको छैन् । अनुसन्धान गर्दो कसैले बम राखेको नदेखिएको उहाँको भनाई छ ।
उहाँका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ । अहिले राजमार्गमा सवारी साधन चलिरहेका छन् ।
प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार