२०८० फाल्गुन १५ गते मङ्गलवार

थारु समुदायले आज अट्वारी पर्व मनाउँदै

दाङ, ३१ भदौ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित नेपालका थारू समुदायले आज अट्वारी पर्व मनाउँदैछन् ।

यस पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै पानीसमेत नपिएर दिनभर निराहर ब्रत बस्ने गर्दछन् ।

अट्वारी पर्वको अवसरमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले थारू समुदायलाई आज सार्वजनिक बिसदासमेत दिएका छन् । द्वापर युग र दङ्गिशरण राजासँग अट्वारी पर्वको सम्बन्ध रहेको धार्मिक विश्वास गरिन्छ ।

पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा दिनभरि भीमको नाममा ब्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । भीमले थारू राजा दङ्गिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, ब्रत बस्ने चलन रहिआएको छ ।

बर्तालुहरूले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ अट्वारीको दोस्रो दिन भोलि तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्छन् ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस