२०८१ असार ९ गते आइतवार

ग्याँस लिक भएर आगलागी हुँदा आमा छोरीको मृत्यु

सल्यान, ३० भदौ । सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकै घरका दुई जनाको मृत्युु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर २ धामिढुंगाका शुक बहादुर थापाको घरमा ग्याँसचुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उहाँकी ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको हो ।

शुक्रबार साँझ खाना खाएर सुतेका उनिहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो ।

ग्याँस चुलोको आगोबाट सुतिरहेको बिस्तारामा आगो सल्किन गई जलेर उनिहरुको मृत्यु भएको उहाँको भनाई छ । अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस