२०८१ चैत्र ८ गते शुक्रवार

फेरि बढ्यो इन्धनको मूल्य

दाङ, २९ भदौ । नेपालमा इन्धनको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको हो ।

यस अनुसार पेट्रोलको मूल्य अब दाङ र सुर्खेतमा १८२ रुपैँया र विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस