
दाङ, २७ भदौ। देउखुरीमा हेलिकप्टर आकस्मीक अवतरण भएको छ ।
हुम्लाबाट पोखरा जाँदै गरेको ‘कैलास हेलिकप्टर सरर्बिस’ नामको हेलिकप्टर दाङको राप्ती गाउँपालिका-२ लालमटियामा अवतरण गरेको हो ।
चालकसहित पाँच जना सवार हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा अवरतण गरेको इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताउनुभयो ।
हेलिकप्टर बुधबार साँझ पौने ७ बजेतिर आकस्मिक अवतरण गरेको हो । हुम्लाबाट यात्रुहरुले बुकिङ्ग गरेर पोखरा जान थालेका थिए । बिहिबार बिहान मात्रै पोखराका लागि उड्ने भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार