२०८१ जेष्ठ ८ गते मङ्गलवार

सडकमा लत्रिएकाे तारबाट करेन्ट लाग्दा दाङमा एक जनाकाे मृत्यु


दाङ, २२  भदौ  । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहीवार राती लमही नगरपालिका– २ श्रीगाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ बर्षिया दिलबहादुर चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।


बाटोको छेउमा मसलाको रुखले विजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।


चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोस्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएकाे छ ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस