दाङ, १९ भदौ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरलाई तुलसीपुर-६ गाइडरमा सारिने भएको छ । गाइडरमा उपयुक्त सरकारी संरचना रहेकोले भाडाको घरमा रहेको यातायात कार्यालयलाई सारिने भएको हो ।
गाइडरमा कार्यालय सार्ने लुम्बिनी प्रदेश सरकारले निणर्य गरेको हो । आइतवार बसेको मन्त्रीपरिषदको बैठकले घोराही रोडमा रहेको यातायात कार्यालयलाई गाइडरमा सार्ने निणर्य गरेको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिनुभयो ।
गाइडरमा रहेको सरकारी पूर्वाधार र यातायातका लागि आवश्यक क्षेत्रफल भएको हँुदा यातायात कार्यालय उक्त स्थानमा स्थानान्तरण गर्ने निणर्य गरिएको मुख्यमन्त्री चौधरीले बताउनुभयो ।
अहिले यातायात कार्यालयले मासिक ८० हजार रुपैया तिरेर भाडाको घरमा छ भने कार्यालय स्थान समेत साघुँरो रहेको अवस्थामा छ । गाइडरमा रहेको सामाजिक विकास डिभिजन कार्यालयलाई भने शिक्षा तालिम केन्द्र तुलसीपुर-१२ कपडादेवीमा स्थानान्तरण गरिएको छ ।
विषयगत मन्त्रालय अन्तरगत रहेको शिक्षा तालिम केन्द्रको पूर्वाधार प्रयोग बिहीन भएको र त्यसको मर्मत सम्भार समेत नहुने अवस्था आएपछि सामाजिक विकास डिभिजनलाई कपडादेवीमा र यातायात कार्यालयलाई गाइडरमा सार्ने निणर्य गरिएको हो ।
गाइडरमा सामाजिक विकास डिभिजन भन्दाअघि सिप विकास कार्यालय रहदै आएको थियो । मुख्यमन्त्री चौधरीले यातायताका लागि आवश्यक पूर्वाधार र जग्गा गाइडरमा रहेको हँुदा उपयुक्त स्थान अनुसार कार्यालय सारिएको बताउनुभयो ।
गाइडरमा सबै यातायातका लागि आवश्यक सबै पूर्वाधार निर्माण गर्न सक्ने अवस्था छ । यो क्षेत्रमा मापदण्ड अनुसारका यातायाताका पूर्वाधारहरु निमाणर् गर्न सहजै सकिने योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले बताउनुभयो ।
सामाजिक विकास डिभिजनले स्वामित्वमा लिएका सिप विकासमा स्वरोजगारसंग संबन्धित सामग्रीहरु भने उद्योग मन्त्रालयलाई हस्ताणतरण गर्ने निणर्य गरिएको छ ।
गाइडर क्षेत्रमा यातायाताका लागि झण्डै एक विगाह जग्गा उपलब्ध भएको छ । स्थानीय सन्तोष लामिछानेले यातायात कार्यालय गाइडरमा सारिनु राम्रो भएको बताउनुभयो ।