२०८१ माघ २ गते बुधवार

दाङका प्रहरी प्रमुख वलीको सरुवा

दाङ, १६ भदौ । दाङका प्रहरी प्रमुख एसपी बिरबहादुर वलीको सरूवा भएको छ । वलीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा दाङमा सरूवा भएको हो ।

सो स्थानमा कार्यरत प्रहरी उपरीक्षक नवरत्न पौडेलको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा सरूवा भएपछि वलीलाई सरूवा गरिएको हो ।

वलीसहित नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ४८ जना प्रहरी उपरीक्षकहरूको विभिन्न स्थानमा सरूवा गरेको छ ।

यसैविच दाङको नयाँ एसपीका रूपमा राम बहादुर केसी आउने भएका छन् । केसी
रूपन्देहीबाट सरूवा भएर आउन लाग्नुभएको हो ।

केसी गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तरास्ट्रिय टर्मिनल भैरहवाबाट सरूवा भएर आउनुहुने भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस