२०८१ माघ १ गते मङ्गलवार

तुलसीपुरको गणपति तेलमिलमा आगलागी हुँदा डेढ करोडको क्षति

दाङ, १६ भदौ ।
तुलसीपुरमा एक तेल मिलमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को गणपति तेल मिलमा आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति भएको छ ।

आगलागीबाट मानविय क्षति हुन भने नपाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले ईकापी न्युजलाई जानकारी दिनुभयो ।

आगलागी गएराती करिब १ बजेतिर भएको हो । आगो करिब २ घण्टामा नियन्त्रणमा आएको हो । तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा आएको डिएसपी मल्लले बताउनुभयो ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस