२०८१ असार ३० गते आइतवार

दाङमा टिप्परले मोटरसाईकलाई ठक्कर दिँदा एक जना गम्भिर घाइते


दाङ, ११ भदौ । दाङमा टिप्परको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । टिप्परको ठक्करबाट बंगलाचुली गाउँपालिका वडा नम्बर ४ तल्लो काभ्रे निवासी ३३ वर्षका युवराज अधिकारी गम्भीर घाईते हुनुभएको हो ।

घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने रा १ ख २२८४ नम्बरको टिप्परले रा ६ प ५२४५ नम्बरको मोटर साईकललाई ठक्कर दिदा अधिकारी गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते अधिकारीलाई बंगलाचुली अस्पतालमामा सामान्य उपचारपछि थप उपचारका लागि घोराही ल्याईएको छ । दुर्घटना सोमबार बिहान ८ बजेतिर भएको हो । दुर्घटनापछि स्थानीयले दुर्घटनामास्थल ठाटिगैरामा जम्मा भएर सडक अवरुद्ध समेत गरेका छन् । टिप्पर सहचालकले चलाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस