२०८१ माघ १ गते मङ्गलवार

भोलिदेखि पानी कम पर्ने अनुमान

दाङ, ८ भदौ । आज लुम्बिनी प्रदेशसहित देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

गएराति पनि धेरै ठाउँमा पानी परेको थियो । केही ठाउँमा अहिले पनि पर्दैछ । उपत्यकासहित आसपासका क्षेत्रमा भने अहिले पानी पर्न रोकिएको छ । तर, फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । केहीबेर मौसम खुले जस्तो भए पनि फेरि पानी पर्ने उहाँले बताउनु भएको हो ।

गएको सोमवारदेखि लगातारजसो पानी परिरहेको छ । भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने मौसमविद्को भनाइ छ ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस