२०८० फाल्गुन २२ गते मङ्गलवार

बाँदर धपाउन गएका सुन्दरको भिरबाट खसेर मृत्यु

दाङ, ७ भदौ । दाङमा मकै बारीमा पसेका बाँदर धपाउन गएका एक ब्यक्तीको भिरबाट खसेर मृत्यु भएको छ ।

बुधबार विहान १० बजेतिर बबई गाउँपालिका वडा नं. ४ निवासी ७९ वर्षीय सुन्दर सुनारको मृत्यु भएको हो । स्थानीय राजीखहरे खोलामा खसेर उनको मृत्यु भएको उनका भाइ गणेशबहादुर सुनारले बताए ।

सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछी आफन्तको जिम्मा लगाईएको छ । पश्चिम दाङमा बाँदर र बदेलले मकै सखाप बनाउने गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस