दाङ, ७ भदौ । दाङको तुलसीपुर कारागामा रहेका ४९ जना महिला कैदीबन्दीलाई नयाँ भवनमा सारिएको छ । यस अघि पुरानो भवनमा बस्दै आएका महिला कैदीबन्दीलाई आज देखि नयाँ भवनमा सारिए हो । ४९ जना महिला कैदीबन्दी सहित तिन जना आश्रीत बालबालीका गरि कुल ५२ जना ३ वटा कोठामा बस्दै आएका थिए ।
नयाँ भवन निमाणर् भएपछि अब महिला र बालबालिकाहरुलाई सहज भएको तुलसीपुर कारागारका नाइके रुक्सार राईले बताउनुभयो । अब कैदी जीवनपछि समाजमा पुर्नस्थापित हुनका लागि विभिन्न आयआर्जन मुलक सिपहरु निरन्तर प्रदान गर्नुपर्ने उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयबाट बिनियोजित ३ करोड ८८ लाख ७ हजार ६ सय ९० रुपैयाँ ३५ पैसाको लागतमा महिला बन्दीगृह निर्माण भएको तुलसीपुर कारागार प्रशासनका प्रमुख जेलर चिन्तामणी रेग्मीले बताउनुभयोे ।
भवन निर्माणको ठेक्का प्रशंसा कन्ट्रक्सन धनगढी कैलालीले २०७८ श्रावन २५ गते पाएको थियो । सम्झौताको मितिले २०८० भदौ १ मा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि दुई महिना अघिनै निर्माणकार्य सम्पन्न भएको जेलर रेग्मीले जानकारी दिनुभयोे ।
आयोजनाको डिजाइन संघन शहरी तथा भवन निर्माण कम्पनीले गरेको हो । जिल्ला प्रशासन कार्यालय दाङको प्रत्यक्ष अनुगमनका कारण भवन निर्माण कार्य समयमै सकिएको हो । नयाँ भवनमा सुविधा सम्पन्न १८ कोठा सहित ८५ जना सम्म कैदीबन्दी राख्न सकिने छ ।
तुलसीपुर कारागार प्रशासन प्रमुख जेलर चिन्तामणी रेग्मीको अध्यक्षता तथा दाङ्ग जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नवनिर्मित भवनको उद्घाटन निमित्त प्रमुख जिल्ला अधिकारी पुनले गर्नुभएको हो ।
कार्यक्रममा कारागार शशस्त्र प्रहरी प्रमुख डिएसपी गौतमराज कुवँर, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी लागयतले महिलामैत्री भवनले अब धेरै सहज हुने बताएका छन् । तुलसीपुर कारागारका नायव सुब्बा रम्भा केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण कारागारका स्वास्थ्य प्रमुख दोणर् आलीले गर्नु भएको हो ।