दाङ, ५ भदौ । दाङको गढवामा एम्बुलेन्स विद्युतको पोलमा ठोक्किएको छ ।
भुपु सैनिक एम्बुलेन्सको एम्बुलेन्स मंगलबार बेलुका साढे पाँच बजेतिर गढवा-६ को बुद्धज्योति बोर्डिङ स्कुलदेखि दक्षिण झिगाहा गाउँको चोकमा रहेको विद्युत पोलमा ठोक्किएको हो ।
बुद्ध ज्योति बाटो हुदै मतपुर तिर जान लागेको एम्बुलेन्स विद्युतको पोलमा ठोक्कीएपछि दुई गाउँको विद्युत सेवा अवरुद्ध भएको गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुकले जानकारी दिनुभयो ।
विद्युत पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
खबरपाए लगत्तै विद्युतका कर्मचारी ठाउँमा पुगेर तार काटेर बाटोबाट पोल हटाएर बाटो सुचारु गरेका छन तर बिध्धुत सेवा भने त्यस आसपासका क्षेत्रमा अवरुद्ध भएको छ ।
झिगाह गांउ, बुद्ध ज्योति टोल, झिगाह गांउका रोड तिरका घरहरु र रामपुर गाउंमा विद्युत सेवा अवरुद्ध भएको छ ।
उहाँका अनुसार एम्बुलेन्समा रहेका तीन जना सकुशल रहेका छन् ।