२०८१ फाल्गुन ३ गते शनिवार

सल्यानमा हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते (घाईतेको नामावलीसहित )

दाङ, ४ भदौ । सल्यानमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकूम पश्चिम सानीभरी गाउँपालिका ११ का अन्दाजी ६० बर्षिय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका १ टाकुराका ३६ बर्षिय खुमबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा सल्यानको दार्मा गाउँपालिका १ टाकुराका ३२ बर्षिय इन्द्र बहादुर केसी, दार्मा गाउँपालिका १ भदाले खोलाका १७ बर्षिय ललित ओली, सोही ठाउँकै १८ बर्षिय मानबहादुर केसी, दार्मा गाउँपालिका १ का ३१ वर्षिय प्रेम प्रकाश चन्द घाइते भएका छन् ।

यस्तै दार्मा गाउँपालिका २ ठाना गाउँका ५० बर्षिय र्थिमु खत्री, सोही ठाउँकै ५५ बर्षिय टिकाराम केसी, सोही ठाउँकै २५ बर्षिय रमेश केसी, सल्यानको सिद्धकुमाख गाउँपालिका २ ढोरचौरका ३५ बर्षिय टिका बस्नेत, दार्मा गाउँपालिका २ चिनटाकुराका ४२ बर्षिय रिता केसी रहेका छन् ।

यसैगरी रुकुमपश्चिम सानीभरी गाउँपालिका ११ काडा गाउँका २० बर्षिय भुशाल बिक, सानीभरी गाउँपालिका ११ धनराका १८ बर्षिय नवराज आली, साही ठाउँकै २७ बर्षिय सन्तोष ओली, रुकुमपश्चिम त्रिवेणी गाउँपालिका ८ पेउगाका ५२ बर्षिय नौमती खड्का, सानीभेरी गाउँपालिका १ का ५० बर्षिय जयबहादुर ओली र चौरजहारी नगरपालिका लौरेपानी १४ का ४२ बर्षिय बिमला राना घाइते भएका डिएसपी मल्लले बताउनुभयो ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेका छ । गाडी सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । रुकुमको नुवाकोटबाट नेपालगञ्जका लागि छुटेको लु २ ख ५७३१ नम्बरको हाइस आफै अनियन्त्रीत भएर सोमबार दिउँसो साढे २ बजे कपुरकोट गाउँपालिका ३ आगरखाेलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस