दाङ, ३० साउन । आर्थिक क्षेत्रमा देखिएको समस्याको कारण लुम्बिनी प्रदेशमा एक वर्षको अबधिमा एक हजार बढी साना तथा घरेलु उद्योग बन्द भएका छन् ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका अधिकृत रामप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार तिन सय उद्योग बन्द भएका हुन् ।
उत्पादनमूलक उद्योग २० वटा, कृषि तथा वनजन्य ४५, पर्यटनमूलक दुईवटा रसेवामूलक ४५ वटा उद्योग बन्द भएका छन् । एक वर्षको खबधिमा दुई सय ९० वटा उद्योगले नविकरण गराएका छन् ।
दाङमा मात्रै दुई सय नौं वटा उद्योग बन्द भएका छन् । जसमा उत्पादनमूलक ५४, कृषी तथा वनजनय एक सय ४०, पर्यटनमूलक ४८, सेवामूलक ५५ वडा उद्योग बन्द भएका छन् । एक वर्षको अबधिमा सात सय १७ वटा उद्योग नविकरण भएका छन् ।
प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार