२०८१ कार्तिक २२ गते बिहिवार

लैङगिक अल्पसंख्यकका लागि राज्यले नितिनियम बनाउन आवश्यक छ – उपप्रमुख योगी

लमही लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले यौनिक तथा लैङगिक अल्पसंख्यकका लागि राज्यले नितिनियम बनाउन आवश्यक रहेको बताउनुभयो ।

सोमबार लमहीमा आयोजित एक कार्यक्रममा बोल्दै नगर उपप्रमुख योगीले लैङगिक अल्पसंख्यक पनि देशकै नागरिक भएकोले उनिहरुको माग राज्यले सम्बोधन गर्नु पर्ने धारणा राख्नु भयो । उनीहरुप्रति हेर्ने दृष्टिमा समेत परिवर्तन ल्याउन जरुरि रहेको उहाँको भनाई छ ।

त्यस्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले यौनकर्मीहरुको अधिकारको विषय भएपनि वर्तमान कानून अनुसार यौन कर्म गर्ने गराउने दुबै कानूनी परिभाषामा दोषि भएकाले उनिहरुलाई कानून अनुसार कारवाही हुने बताउनु भयो ।

नेपालको कानून अनुसारे यौन कर्म गर्ने गराउने दुबै गैरकानून काम भएको बताउदै यौन व्यवसाय भन्दा जीविकोपार्जनका लागि अन्य धेरै विकल्प भएको र त्यस्ता खाले विकल्प खोज आग्रह गर्नु भयो ।

लमही नगरपालिका-५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले यौनिक तथा लैङगिकताको विषयमा सरोकारवाला निकाय गम्भिर बन्न जरुरी रहेको बताउनु भयो । रेडियो हाईवेका प्रबन्ध निर्देशक केपि घिमिरेले यौनिक तथा लैङगिक अल्पसंख्यकहरु पछिल्लो समयमा खुलेर आउन थालेकोले उनिहरुको वास्तविक यर्थाथताको अभिलेखिकरण गरेर राज्यलाई झक्झकाउन यौनिक तथा लैङगिक अल्पसंख्यकहरुहरु लाग्न जरुरि रहेको बताउनु भयो ।

नारी आवाज दाङको आयोजना तथा लुम नेपालको सहकार्यमा संचालित कार्यक्रममा जथाभावी यौन सम्पर्कले पुर्याउने असर र एचआईभि एड्सको बारेमा नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रवन्धक बसन्त खनालले सहजीकरण गर्नुभएको थियो । भने पितृ सत्ता र लैङगिक हिंसाको बारेमा पत्रकार लिला शाहले सहजीकरण गर्नु भएको थियो ।

सिता चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका उप प्रमुख लक्ष्मी योगीको प्रमुख आत्थियतामा सम्पन्न कार्यक्रममा लुम नेपालका पुष्पा जोशीले विषय प्रवेश गराउनु भएको थियो भने संस्थाकी कोषाध्यक्ष कृष्णा चौधरीले सहभागि सबैलाई स्वागत गर्नु भएको थियो । महलिा उधमीको बारेमा तिला भुसालले सहजीकरण गर्नुभएको थियो ।

राज्यले पहिचान दिन सकेन नेपालमा राजनितिक परिर्बतन भएपनि यौनिक तथा लैङगीक अल्पसंख्यकहरुलाई राज्यले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा भने परिवर्तन हुन नसकेको गुनासो गरेका छन ।

समुदायको बारेमा काम गर्न खोज्दा स्थानिय सरकारसमक्ष जाँदा तथ्याङ लिएर आउनुस भन्ने खालको जवाफ दिंदा अप्ठ्यारोमा परेको यौनिक तथा लैङगीक अल्पसंख्यकहरु भनाई छ ।

लमहीमा आयोजित यौनिक तथा लैङगिकताको विषयमा आयोजित दुईदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले गुनासो गरेका हुन । ‘म प्युठानको मान्छे हुँ, मेरो ठाउँमा मलाई समाजले स्विकार गरेन ।

म दाङ आएर बसिरहेको छु, विगतमा यौनकर्म गर्न बाध्य भए, म तेस्रो लिङगी हुँ तर मलाई अझै पनि राज्यले पहिचान अनुसारको नागरिकता दिन सकेको छैन’- यौनिक तथा लैङगिक अल्पसंख्यक सुमदायका सामाजिक अभियान्ता बर्षा ठकुरीले भन्नु भयो ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस