२०८२ बैशाख १७ गते बुधवार

खोलाले बगाउदा एक बालकको मृत्यु

रोल्पा, २५ साउन । रोल्पाको थबाङमा खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ । थबाङ गाउँपालिका वडा नं. १ जुर्बाङका राज विकको खोलामा बगेर मृत्यु भएको हो ।

विहीबार साँझ थबाङ गाउँपालिका वडा नं. २ थबाङ बजारबाट आमा संगिता विकसंग घर फर्किने बेला राजलाई खोलाले बगाएको हो ।

बजारबाट घर फर्किने क्रममा छोरालाई आमाले बोकेको र जुर्बाङखोला तर्ने क्रममा ढुङगामा खुट्टा चिप्लिदा छोरालाई खोलाले बगाएको हो ।

२ बर्षका छोरा राज बिकको शवलाई स्थानियहरुले एक किलोमिटर टाढा भेटाएको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस