२०८१ माघ ८ गते मङ्गलवार

अवैधरूपमा सालको रुख काटेको आरोपमा दाङमा तीन जना पक्राउ

दाङ, २१ साउन । दाङमा सालको रुख काटेको आरोपमा तिन जना पक्राउ परेका छन् । प्रहरील अवैध रुपमा काँचो सालको रुख काटेर घप्पु बनाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।

गढवा गाउँपालिका-४ मा रहेको सालझुण्डी सामुदायिक वन क्षेत्रमा सालको रुख ढालेर तीन वटा घप्पु बनाएको अवस्थामा तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अवैध साल काठ कटानमा संलग्न ३३ बर्षिय देवराज बोटे, २७ बर्षिय कमलबहादुर माझी र २० बर्षिय अमरबहादुर माझीलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय गोवरडिहाको जिम्मा लगाइएको छ । प्रहरी चौकी गोवरडिहाले गस्ती गर्ने क्रममा सालको काठ कटान गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस