२०८१ जेष्ठ ८ गते मङ्गलवार

राजिनामा दिएका वडा अध्यक्ष पुन : फर्किए, काममा

तुलसीपुर, १८ साउन । बजेटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका दाङ घोराही उपमहानगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किनुभएको छ । शाह अध्यक्ष पदबाट राजीनामा दिएको करिब डेढ महिना पछि पुनः काममा फर्किनुभएको हो ।

वडामा प्रयाप्त बजेट नछुट्याएको भन्दै उहाँले असार १० गत पदबाट राजीनामा दिनुभएको थियो । हस्ताक्षर बिहीन राजीनामा सामाजिक सञ्जालमा र नगरप्रमुखलाई दिएपनि त्यो राजीनमा स्वीकृत भएको थिएन ।

त्यसको केही समय काठमाडौं बस्नुभएका अध्यक्ष शाह अहिले वडाका योजना समावेश गर्ने गरि सहमति भएपछि काममा फर्किएको बताउनुहुन्छ । उहाँ एमालेबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । उहाँले पटक-पटक राजीनामाको घुर्की लगाउँदै आउनुभएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस