२०८१ चैत्र ८ गते शुक्रवार

कपुरकोट गापाका दुई सय पाँच धारामा लिफ्ट प्रविधिबाट खानेपानी सुरु

सल्यान, १७ साउन । कपुरकाेट गाउँपालिकाको वडा नम्बर २ मा लिफ्ट प्रविधिबाट दुई सय पाँच धारामा खानेपानी पुगेको छ । गोठिवन ढन्ठाना खानेपानी योजना अन्तर्गतका दुई स्किम ढन्ठानाको विद्युतिय लिफ्ट र गोठीबनको सोलार लिफ्ट प्रविधिमार्फत गरि २ सय ५ धारामा खानेपानी पुगेको हो ।

ढन्ठानामा विद्युतिय लिफ्ट प्रविधिमार्फत १ सय ६ घरमा र एक विद्यालय गरि १०७ धारामा खानेपानी सुचारू भएकाे छ भने गोठिवनमा सोलार लिफ्ट मार्फत ९७ घर र एक विद्यालयमा गरि ९८ धारामा खानेपानी सुचारु भएको छ । लिफ्ट प्रविधिमार्फत धारा संचालनमा आएपछि स्थानीयलाई घण्टाैँ टाढा जानुपर्ने बाध्यताकाे अन्त्य भएकाे छ ।

खानेपानी आयोजनाको बुधबार गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले धारा खोलेर औपचारिक उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा अध्यक्ष पुनले गाउँपालिका नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको दायित्व भएको भन्दै एक घर एक धाराको नीतिलाई सफल बनाउन निरन्तर लाग्ने बताउनुभयो । उहाँले धेरै उपभोक्ता लाभाम्बित हुते गरी गाउँपालिकाले पहिलो पटक सबैभन्दा ठुलो खानेपानी आयोजना सम्पन्न गरेको बताउनुभयो ।

बितेको आर्थिक वर्ष २०७९।०८० को गाँउपालिकाको वार्षिक बजेट तथा सङ्घिय सरकार विशेष अनुदान कार्यक्रमको ३ करोड लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।

आयोजनाको निर्माण सम्पन्न जलजला जनचाहना जेभि, लिबाङ रोल्पाले गरेको हो । कपुरकोट गाउपालिकाको इतिहासमै सबैभन्दा ठुलो बजेट खानेपानीको आयोजना निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो । उहाँका अनुसार यस खानेपानी आयोजनाबाट सबैभन्दा बढि उपभोक्ता लाभान्वित भएका छन् ।

सबैभन्दा छोटो समयमा काम समपन्न हुने योजना र आव २०७९/८० को यस पालिकाको सबैभन्दा ठुलो योजना रहेको उहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर बुढा, वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, वडा तथा कार्यपालिका सदस्यहरु, गाउँपालिकाका संस्थापक उपाध्यक्ष तिला बुढामगर, वडा नम्बर २ का संस्थापक वडा अध्यक्ष मान बहादुर राना, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीहरु, गाउँपालिकाका कर्मचारीहरु, उपभोक्ताहरु, निर्माण व्यवसायीका प्रमुख एवं प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस