२०८१ मङ्सिर २२ गते शनिवार

महशुल नबुझाएपछि काटियो, रोल्पा सिमेन्टको विद्युत

रोल्पा, १७ साउन । नेपाल विद्युत प्राधिकरणले रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटेको छ । उद्योगले विद्युत महशुलको वक्यौता रकम नबुझाएपछि विद्युत लाइन काटिएको हो ।

उद्योगले ७ करोड १८ लाख ३५ हजार बक्यौता रकम बुझाउन बाँकी छ । प्राधिकरणले यसअघि पनि महशुल नबुझाएको भन्दै ३ बैशाखमा विद्युत लाइन काटेको थियो ।

पहिलो पटक लाइन काट्दा सिमेन्ट उद्योगले ८ करोड ४४ लाख विद्युत महशुल बुझाउन बाँकी थियो । पहिलो पटक लाइन काटिएपछि उद्योगले बैशाख १२ गते १ करोड २० लाख रकम विद्युत महशुल बुझाएको थियो ।

अरु बाँकि तिर्नुपर्ने रकम प्रत्येक महिना किस्तामा तिर्ने दुई पक्षको सहमति हो । तर सहमती अनुसार उद्योगले महशुल बुझाउन छोडेपछि विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख इन्जिनियर अशेश्वर शाहले बताउनुभयो ।

अहिले श्रावन ३ गतेसम्म रोल्पा सिमेन्ट उद्योग प्रालिले व्धिुत प्राधिकरणलाई तिर्नु पर्ने बाँकि महशुल रकम ७ करोड १८ लाख ३५ हजार भन्दा बढी भएको प्रमुख शाहले बताउनुभयो ।

पटक-पटक तोकेता गर्दा पनि अटेरी गरि महशुल नबुझाएपछि श्रावन ३ गते फेरी विद्युत लाइन काटेको उहाँले बताउनुभयो । अब उद्योगले बाँकी बक्यौता नतिरेसम्म लाइन नजोडिने समेत प्रमुख शाहले बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस